९ अर्बको स्मार्टफोन आयात गर्दा निर्यात २० लाख रुपैयाँको मात्रै

अनलाइनसमय |
७ असोज २०८२
९ अर्बको स्मार्टफोन आयात गर्दा निर्यात २० लाख रुपैयाँको मात्रै

काठमाडौं, ७ असोज । चालू आर्थिक वर्ष (आव) २०८२/८३ को पहिलो दुई महिनामा करिब ९ अर्बको स्मार्टफोन भित्रिएको छ । भन्सार विभागका अनुसार गत साउन र भदौमा नेपालमा ८ अर्ब ८७ करोड ५९ लाख रुपैयाँ बराबरको स्मार्टफोन भित्रिएको हो ।

गत दुई महिनामा सो रकम बराबरको ५ लाख ८ हजार ६९३ ओटा स्मार्टफोन आयात गरिएको छ । यसबाट सरकारलाई एक अर्ब ६५ करोड ५८ लाख रुपैयाँ राजस्व प्राप्त भएको तथ्याङ्क छ ।

सो अवधिमा नेपालबाट भने १० ओटा मात्र स्मार्टफोन निकासी गरेको छ । जसको २० लाख १९ हजार रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस