आज यी स्थानमा धेरै पानी पर्ने पूर्वानुमान

अनलाइनसमय |
८ असोज २०८२
आज यी स्थानमा धेरै पानी पर्ने पूर्वानुमान

काठमाडौं, ८ असोज । आज देशभर साधारणतया बदली रहने छ ।

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा, लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी तराई भू–भागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

आज राती देशको पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । गण्डकी, लुम्बिनी, कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै तथा बाँकी तराई भू–भागका एक–दुई स्थानमा स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस