प्रधानमन्त्री कार्कीलाई भेट्न बालुवाटार पुगे मेयर बालेन

अनलाइनसमय |
८ असोज २०८२
प्रधानमन्त्री कार्कीलाई भेट्न बालुवाटार पुगे मेयर बालेन

काठमाडौं, ८ असोज । प्रधानमन्त्री सुशीला कार्की र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच बुधबार बिहान बालुवाटारमा भेटघाट भएको छ । बिहान ९ बजे भएको भेटमा बालेन आफ्ना सहयोगी कुमार बेनसहित सहभागी भएका हुन् ।

स्रोतका अनुसार भेटघाटमा मुख्य रूपमा हालको आन्दोलनले उठाएका मागबारे छलफल भएको थियो । मेयर शाहले आन्दोलनका एजेन्डालाई सम्बोधन गर्नुपर्ने आवश्यकता औंल्याएका थिए भने प्रधानमन्त्री कार्कीले पनि जेनजी आन्दोलनका मागलाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेकी थिइन् ।

उनले निर्वाचन र सुशासनलाई आफ्नो कार्यकालको मूल आधारका रूपमा अघि सारेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस