काठमाडौं, ९ असोज । प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रको नाममा सम्बोधन गर्दैछिन् ।
आज दिउँसो ४ बजे मन्त्रिपरिषद्को बैठक बस्ने र त्यसपछि साँझ ६ बजे प्रधानमन्त्री कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यतालिका तय भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
सम्बोधनको समन्वय सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयले गरेको छ । जेनजीहरूले गत २३ र २४ भदौमा गरेको प्रदर्शनको बलमा कार्की २७ भदौमा मुलुककै पहिलो महिला प्रधानमन्त्री बनेकी थिइन् ।
भदौ २३ र २४ गतेको जेन–जी विद्रोहपछि उत्पन्न परिस्थिति, भदौ २४ गते प्रदर्शनका क्रममा भएको तोडफोड, आगजनी त्यसको पुनर्निर्माण, भदौ २३ गते तत्कालीन सरकार पक्षबाट भएको दमन लगायत विषय समेटेर उहाँले देशवासीलाई सम्बोधन गर्न लागिएको बताइएको छ ।