काठमाडौं, ९ असोज । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) घटेको छ । आज नेप्से परिसूचक २ दशमलव ३५ अङ्कले घटेर दुई हजार ६५२ बिन्दुमा कायम भएको हो ।
आज ७९ लाख ५३ हजार ७४० कित्ता शेयर किनबेच हुँदा ३ अर्ब २६ करोड ४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन बुधबार ४ अर्ब १२ करोड २१ लाख रुपैयाँको कारोबार भएको थियो ।
आज १०७ धितोपत्रको शेयर मूल्य बढ्दा १३९ को घटेको छ । यस्तै ५ धितोपत्रको भने स्थिर रहेको छ । यसदिन कुल ३२७ धितोपत्र कारोबारमा आएका छन् ।
बिहीबार १३ समूहको उपसूचकमध्ये ९ को घटेको छ । यसदिन व्यापार १ दशमलव ३६, लगानी शून्य दशमलव २१, बैंकिङ शून्य दशमलव १२ र म्युचुअल फण्ड शून्य दशमलव ५ प्रतिशतले बढेको छ ।
यस्तै होटेल तथा पर्यटन १ दशमलव ४९, उत्पादन तथा प्रशोधन शून्य दशमलव ६३, अन्य शून्य दशमलव ४९, विकास बैंक शून्य दशमलव ४४, निर्जीवन बीमा शून्य दशमलव ३९, माइक्रोफाइनान्स शून्य दशमलव ०९, फाइनान्स शून्य दशमलव ५, हाइड्रोपावर शून्य दशमलव ०४ र जीवन बीमा समूहको उपसूचक शून्य दशमलव ०२ प्रतिशतले घटेको छ ।
आज हिम स्टार ऊर्जाको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै कालिका पावर ७ दशमलव ५६ र गुराँस लघुवित्तको शेयर मूल्य ६ दशमलव २९ प्रतिशतले बढेको छ ।
यसैगरी सिटी होटल ७ दशमलव ५५, नारायणी डेभलपमेन्ट बैंक ५ दशमलव ८५, समता घरेलु लघुवित्त ४ दशमलव ७४, सपपत्री हाइड्रोपावर ४ दशमलव ११ र सिक्लेस हाइड्रोपावरको शेयर मूल्य ३ दशमलव ९५ प्रतिशतले ह्रास आएको छ ।