काठमाडौं, १० असोज । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा १ हजार २ सय रुपौयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारर छापावाला सुन प्रतितोला २ लाख २२ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन बिहीबार सुन प्रतितोला २ लाख २१ हजार ३रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य भने तोलामा ५५ रपैयाँले बढेको छ । बिहीबार प्रतितोला २ हजार ६ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदी आज २ हजार ७ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।