डिजिटल वालेटको सीमा बढ्यो, दशैं तिहारमा दिनमा ४० पटकसम्म रकम जम्मा गर्न पाइने

अनलाइनसमय |
१० असोज २०८२
डिजिटल वालेटको सीमा बढ्यो, दशैं तिहारमा दिनमा ४० पटकसम्म रकम जम्मा गर्न पाइने

काठमाडौं, १० असोज । दशैं अवधिभर मोबाइल वालेटमा दिनमा ४० पटक रकम जम्मा गर्न मिल्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले बिहीबार एक सूचना जारी गर्दै चाडपर्वलाई लक्षित गर्दै भुक्तानी सेवा प्रदायकहरुले वालेटमा जम्मा गर्ने रकमको सीमा संख्या बढाएको हो ।

हालसम्म इसेवा, खल्ती, माइपेलगायत वालेटमा एक दिनमा १० पटकसम्म मात्र जम्मा गर्न पाइन्छ । दशैं, तिहार र छठ पर्वको अवसरमा यो सुविधा बढाइएको हो ।

दशैंको शुभ अवसरमा असोज १३ गतेदेखि २१ गतेसम्म र दिपावली तथा छठ पर्वको अवसरमा कात्तिक ३ देखि १० गतेसम्म ४० पटकसम्म रकम जम्मा गर्न सकिने सुविधा उपलब्ध गराएको राष्ट्र बैंकले जनाएको छ ।

यो समयमा भएको कारोबारको संख्या र कारोबारको कुल रकम राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागलाई जानकारी गराउन भुक्तानी सेवा प्रदायक संस्थाहरुलाई आग्रह गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस