काठमाडौं, १० असोज । नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष जनकराज शर्माले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । असोज ९ गते बसेको मन्त्रिपरिषद् बैठकले उनलाई प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको हो ।
शर्माले आज (असोज १० गते) अर्थमन्त्री रामेश्वर खनालसमक्ष शपथ लिएका छन् । शपथ ग्रहण पश्चात् उनले तत्क्षणै आफ्नो पदबहाली सुरु गर्ने कार्यक्रम रहेको प्राधिकरणले जनाएको छ ।