काठमाडौं, १० असोज । अर्थ मन्त्रालयले पूर्वराजनैतिक तथा प्रशासनिक पदाधिकारीको सेवासुविधा कटौती गर्न गृह र रक्षा मन्त्रालयलाई पत्र पठाएको छ । अनुत्पादक खर्च कटौती तथा मितव्ययिता कायम गर्न अर्थ मन्त्रालयले शुक्रबार गृह र रक्षा मन्त्रालयलाई पत्राचार गरेको हो ।
मन्त्रिपरिषद्को आइतबार (असोज ५)को निर्णयअनुसार अनुत्पादक खर्च कटौती तथा मितव्ययिता कायम गर्न पत्र लेखिएको मन्त्रालयले जनकारी दिएको छ ।
अर्थ मन्त्रालयको पत्र अनुसार भीआइपीको सवारीसाधन फिर्ता गरिनेछ । यस्तै सुरक्षाकर्मी, जिन्सी सामान, सहयोगी लगायतका अन्य सेवा सुविधा फिर्ता गरिनेछ ।
