काठमाडौं, १२ असोज । नेपाल विद्युत प्राधिकरणले ट्रंक तथा डेडिकेटेड लाइनको बक्यौता रकम असुलीको प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । गत असोज १० गते शुक्रबार बसेको सञ्चालक समिति बैठकमा बक्यौता असुली गर्ने निर्णय भएको हो ।
प्राधिकरणले उद्योगी तथा उपभोक्ताहरूसँग बक्यौता बुझाउन आग्रह गर्दै आइतबार सार्वजनिक सूचना जारी गरेको छ ।
सूचना अनुसार उद्योगीहरूलाई बक्यौता बुझाउन २१ दिनको समय दिइएको छ । यसअनुसार कात्तिक १७ गतेभित्र रकम बुझाउनुपर्नेछ ।
अन्तरिम सरकारको ऊर्जामन्त्रीको जिम्मेवारी सम्हालेपछि कुलमान घिसिङको यो पहिलो महत्वपूर्ण निर्णयका रूपमा डेडिकेटेड ट्रंक लाइनको बक्यौता असुली अघि सारिएको हो ।
