सुनचाँदीको मूल्य हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

अनलाइनसमय |
१२ असोज २०८२
सुनचाँदीको मूल्य हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं, १२ असोज । आईतबार नेपाली बजारमा सुनचाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा ७०० रुपैयाँ र चाँदी ७० रुपैयाँ बढेर नयाँ रेकर्ड कायम गरेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख २३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि गत बुधबार सुन प्रतितोला २ लाख २३ हजारमा कारोबार हुँदै नयाँ रेकर्ड बनाएको थियो, यो रेकर्ड आज तोडिएको हो ।

त्यस्तै अघिल्लो कारोबार दिन शुक्रबार छापावाला सुन प्रतितोला २ लाख २२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदी पनि हालसम्मकै उच्च मूल्यमा कारोबार आईतबारको छ । आइतबार चाँदी प्रतितोला २ हजार ८१० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन शुक्रबार चाँदी प्रतितोला २ हजार ७४० रुपैयाँमा कारोबार भएको थियो । सो मूल्यलाई ब्रेक गरेर आज चाँदी नयाँ रेकर्ड बनाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस