काठमाडौं, १२ असोज । नेपाल राष्ट्र बैंकको गभर्नर प्रा. डा. विश्वनाथ पौडेलका लागि भाडाको घर खोजी सुरु भएको छ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा गभर्नर पौडेलका चितवन र ललितपुर भैँसेपाटीस्थित दुई वटा घर बेला जलाइएपछि बैंककले तत्कालै नयाँ आवास व्यवस्था गर्न लागेको हो ।
राष्ट्र बैंकले आज एक सूचना जारी गर्दै ललितपुर महानगरपालिका–बखुण्ड़ोलदेखि भैंसेपाटीसम्मको क्षेत्रमा पर्ने घर भाडामा लिन प्रस्ताव गरेको हो ।
राष्ट्र बैंकले ललितपुर बखुन्डोलदेखि भैँसेपाटीसम्मको क्षेत्रमा अवस्थित १६ आनादेखि २४ आनासम्म जग्गा भएको र कम्तीमा ६ वटा कार/जिप पार्किङ गर्न मिल्ने, आरसीसी स्ट्रक्चरसहित कम्तीमा १ हजार वर्गफिट पिलिन्थ क्षेत्रफलमा बनेको र कम्तीमा एउटा मास्टर बेडरुमसहित ४ बेडरुम, लिभिङ हल, किचन, डाइनिङ हल तथा स्टोर रुम भएको, सुरक्षाकर्मी बस्न छुट्टै भवनको व्यवस्था भएको घर लिन खोजिएको सूचनामा उल्लेख छ ।
त्यस्तै सुरक्षित कम्पाउन्ड वाल भएको, कालोपत्र सडकसँग जोडिएको, बिजुली, ढल निकास र खानेपानी लगायत पूर्वाधार व्यवस्था भएको घर खोजी गरिएको छ । २७ असोजसम्म घर भाडा प्रस्ताव पेस गर्न सकिने समेत राष्ट्र बैंकले जनाएको छ ।
घर भाडामा दिन इच्छुक व्यक्ति तथा कम्पनीले असोज २७ गतेभित्र प्रस्ताव पेस गर्न राष्ट्र बैंकले भनेको छ ।
हेर्नुहोस् सूचना :
