पेरिस, २० असोज । आर्थिक सहकार्य र विकास संगठन (ओईसीडी)ले आफ्नो नयाँ ुइकोनोमिक आउटलुकु रिपोर्टमा विश्वको कुल गार्हस्थ्य उत्पादन ९जीडीपी० को वृद्धिदर दुई वर्ष लगातार घट्ने अनुमान गरेको छ । रिपोर्टअनुसार विश्व जीडीपीको वृद्धिदर २०२४ को ३ दशमलव ३ प्रतिशतबाट घटेर २०२५ मा ३ दशमलव २ प्रतिशत र २०२६ मा २ दशमलव ९ प्रतिशत रहने प्रक्षेपण गरिएको छ ।
ओईसीडीका अनुसार जीडीपी वृद्धिदर घट्नुको मुख्य कारण विश्व व्यापारको लय खल्बलिनु, उच्च ट्यारिफ दर तथा दीर्घकालीन नीतिगत अनिश्चितताले लगानी प्रभावित गर्नु हो । तर रिपोर्टले यस वर्षको पहिलो ६ महीनामा विश्व अर्थतन्त्र अपेक्षाभन्दा केही बलियो देखिएको उल्लेख गरेको छ । विशेषगरी धेरै उदीयमान बजार अर्थतन्त्रहरूमा सुधार देखिएको हो ।
रिपोर्टअनुसार मे महीनादेखि संयुक्त राज्य अमेरिकाले लगभग सबै व्यापारिक साझेदार हरूमाथि द्विपक्षीय ट्यारिफ दरमा उच्च वृद्धि गरेको छ। ओईसीडीको अनुमान छ( अगस्टको अन्त्यसम्म अमेरिकी प्रभावकारी ट्यारिफ दर १९ दशमलव ५ प्रतिशतमा पुगेको छ, जुन १९३३ पछि सबैभन्दा उच्च स्तर हो ।
ओईसीडीले अमेरिकामा जीडीपी वृद्धिदर २०२४ को २ दशमलव ८ प्रतिशतबाट घटेर २०२५ मा १ दशमलव ८ प्रतिशत र २०२६ मा १ दशमलव ५ प्रतिशतमा झर्ने गरेको अनुमान छ । उच्च प्रविधि क्षेत्रमा लगानी बलियो भए पनि उच्च ट्यारिफ र कम आप्रवासनका कारण वृद्धिदर कम हुने देखिएको छ ।
यसैगरी युरोपमा २०२५ मा जीडीपीको वृद्धिदर १ दशमलव २ प्रतिशत र २०२६ मा १ प्रतिशत रहने अनुमान गरिएको छ ।
पनि सजिलो कर्जा सुविधा भए व्यापारमा बाधा र भू(राजनीतिक अनिश्चितताले अर्थतन्त्रको गतिलाई सीमित गर्ने ओईसीडीले बताएको छ । आर्थिक वृद्धिदर स्थायी बनाउन र कृत्रिम बौद्धिकता जस्ता उदीयमान प्रविधिको फाइदा लिन संरचनात्मक सुधार आवश्यक रहेको समेत औंल्याइएको छ । एपी