काठमाडौं, २१ असोज । सुदूरपश्चिम, कर्णालीलगायत लुम्बिनी प्रदेशको पश्चिमी भू–भागको धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भू–भागको थोरै स्थानहरूमा पश्चिमी वायूको प्रभाव रहेको र बाँकी भू–भागमा मनसुनी वायूको कमजोर प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
अहिले बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश गायत बाँकी पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी तराई भू–भागमा आंशिक बदली रहेको छ । कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरू तथा कोशी प्रदेश र बागमती प्रदेशको एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
विभागका अनुसार आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी र तराई भू–भाग तथा बाँकी प्रदेशका पहाडी भू–भागका थोरै तथा बाँकी तराई भू–भागका एक–दुई स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । कर्णाली र सुदुरपश्चिम प्रदेशको हिमाली भू–भागको थोरै स्थानहरूमा हिमपातको पनि सम्भावना रहेको विभागले जनाएको छ ।
त्यस्तै, आज राती कोशी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशलगायत बाँकी पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी तराई भू–भागमा आंशिक बदली रहने छ । लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशलगायत कोशी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी पहाडी र तराई भू–भागका एक–दुई स्थानहरूमा मेघगर्जन÷चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।