काठमाडौं, २२ असोज । सिद्धार्थ बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
बैंक सञ्चालक समितिको मंगलबार बसेको बैठकले गत आवको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी १४ अर्ब ८ करोड ९९ लाख ८० हजारको १०.५३ प्रतिशतले हुन आउने लाभांश वितरण गर्ने निर्णय गरेको हो, जसमध्ये ५ प्रतिशत बोनस शेयर र ५.५३ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) रहेको छ ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात शेयरधनीले पाउनेछन् ।