महेश बस्नेतको चेतावनी : केपी ओलीलाई छोए देशभरी आगो बल्नेछ

अनलाइनसमय |
२३ असोज २०८२
महेश बस्नेतको चेतावनी : केपी ओलीलाई छोए देशभरी आगो बल्नेछ

काठमाडौं, २३ असोज । नेकपा (एमाले)का पोलिटब्युरो सदस्य महेश बस्नेतले असोज २३ गतेको गोलीकाण्डमा तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको संलग्नता रहेको आरोप अस्वीकार गर्दै चुनौती दिएका छन् ।

बिहीबार भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै बस्नेतले ओलीले गोली चलाउने आदेश दिएको प्रमाण भए सार्वजनिक गर्न चुनौती दिएका हुन् । बस्नेतले उक्त घटनामा विदेशी सुटर प्रयोग गरी बालबालिकाको हत्या गरिएको दाबी पनि गरे ।

‘१९ जना व्यक्तिको २३ गते हत्या भयो, कुनै कानुनले प्रधानमन्त्रीले आदेश दिन्छ ? दिँदैन, आदेश कसले दिएको हो ? हाम्रो अध्यक्षले आदेश दिएको भए प्रमाण ल्याउनुस्, हामी छलफल गर्न तयार छौँ,’ उनले भने, ‘होइन भने विदेशीको खेताला, गोठाला भएर सापसुटर ल्याएर कलिला भाइबहिनीको हत्या गरिएको छ ।’

त्यस्तै उनले ओलीलाई पक्राउ गर्न खोजिए देशभर आगो बल्ने चेतावनी समेत दिए । उनले भने, ‘तिम्रो बाउको हिम्मत छ भने केपी ओलीलाई छोएर देखाउ, देशभरी आगो बल्नेछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस