ओलीको आरोपः सडक प्रदर्शनबाट बनेको यो सरकार असंवैधानिक

अनलाइनसमय |
२३ असोज २०८२
ओलीको आरोपः सडक प्रदर्शनबाट बनेको यो सरकार असंवैधानिक

काठमाडौं, २३ असोज । नेकपा एमालेका अध्यक्ष केपी ओलीले वर्तमान सरकार बलमिच्याइँबाट बनेको टिप्पणी गर्दै यसको वैधानिकता माथि प्रश्न उठाएका छन् ।

भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै ओलीले सुशीला कार्की नेतृत्वको सरकार संविधान अनुसार नभएको दाबी गरेका हुन् ।

उनले भने, अहिलेका प्रधानमन्त्रीले प्रधानमन्त्री बन्नका लागि शर्त राख्नुभयो– संसद् विघटन भएमात्रै बन्छु, नत्र देशमा जेन–जीले आगो बाल्छन्, लोकतन्त्रको जग भत्काउने शर्तमा प्रधानमन्त्री हुनुभयो,’ उनले भने, ‘२३ गते जेनजी भनेर उत्रिनुभयो, चुनाव गराउने भन्ने त राष्ट्रपतिले तोकिएको मेन्डेड हो, उहाँहरू के गर्दै हुनुहुन्छ ?’

ओलीले कार्कीले संविधानको दायराभन्दा बाहिर गएर २३ र २४ फागुनमा सडक प्रदर्शन गरी प्रधानमन्त्री पद हासिल गरेको आरोप लगाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस