काठमाडौं, २३ असोज । सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अहिले मन्त्रिपरिषद् बैठक बसिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकमा सरकारको दैनिक प्रशासनिक कामकारबाही, हालैको विपद्बाट क्षति पुगेका संरचनाको पुनर्निर्माण, बाढिपहिरो प्रभावितको राहत तथा पुनःस्थापनाबारे छलफल र निर्णय हुने बताइएको छ ।