काठमाडौं, २४ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठक बोलाएका छन् ।
चुनावको कार्यतालिका समेत सार्वजनिक भइसकेको तर राजनीतिक दलहरूसँग सरकारको संवाद नभएको अवस्थामा राष्ट्रपतिले प्रधानमन्त्री सुशीला कार्कीसहितका राजनीतिक दलहरूलाई छलफलका लागि आह्वान गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । बैठक आज साँझ ४ बजे बस्नेछ ।
यसअघि हिजो राष्ट्रपति पौडैल र प्रधानमन्त्री सुशीला कार्कीबीच भेट भएको थियो । भेटमा राष्ट्रपति पौडेलले चुनावका लागि राजनीतिक वातावरण तय गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका थिए ।
प्रधानमन्त्री कार्कीले निर्वाचन आयोगले चुनावको तयारी गरिरहेको र त्यसअनुसार सरकारले चुनावका लागि आवश्यक तयारी गरिरहेकोबारे राष्ट्रपतिलाई जानकारी गराएकी थिइन् ।