काठमाडौं, २६ असोज । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसमविज्ञान विभागले जनाएको छ ।
अहिले देशभर मौसम मूख्यतया सफा रहेको छ ।
विभागका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहने छ । कोशी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा भने हल्का वर्षाको सम्भावना छ ।
त्यस्तै, आज राती कोशी र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहने विभागले जनाएको छ ।