कोशीका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना

अनलाइनसमय |
२७ असोज २०८२
कोशीका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौं, २७ असोज । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

अहिलेदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।

विभागका अनुसार आज दिउँसो सबै प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहने छ । कोशी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै, आज राती देशभर मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस