आईसीसी टी–२० विश्वकप छनोट : नेपालले आज कतारसँग खेल्दै

अनलाइनसमय |
२७ असोज २०८२
आईसीसी टी–२० विश्वकप छनोट : नेपालले आज कतारसँग खेल्दै

काठमाडौं, २७ असोज । ओमानमा जारी आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले आज कतारसँग खेल्दै छ ।

खेल अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ १ मा बेलुका पौने ९ बजेदेखि सुरु हुनेछ ।

नेपालले सुपर सिक्समा आइतबार यूएईलाई हराइसकेको छ । नेपालले १ रनको रोमाञ्चक जित निकालेको थियो । कतार भने हिजो ओमानसँग ३४ रनले पराजित भएको थियो ।

नेपाल लगातार चौथो जितको खोजीमा छ । छनोट सुरु हुनुअघिको वार्म अप खेलमा पनि नेपालले कतारलाई १६ रनले हराएको थियो ।

टी–२०आई क्रिकेटमा यी दुई टोली हालसम्म ३ पटक भिडेका छन्, जहाँ नेपालले २ खेल जित्दा कतारले १ खेल जितेको छ ।
९ टोली सहभागी रहने यस प्रतियोगिताबाट ३ टोलीले आगामी वर्ष भारत र श्रीलंकामा संयुक्त रूपमा हुने टी–२० विश्वकप खेल्न पाउनेछन् ।

शीर्ष तीन टोलीमा परेमा नेपाली टोली लगातार दोस्रो पटक र समग्रमा तेस्रो पटक आइसिसी टी–२० कपमा छनोट हुनेछ ।
नेपालले यसपछि बुधबार सामोआ र शुक्रबार ओमानसँग खेल्नेछ

नेपाली टोली ः
रोहित कुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आसिफ सेख, आदील आलम, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललित नारायण राजवंशी, गुलशन झा, सोमपाल कामी

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस