४४.२५ अङ्कले बढ्यो नेप्से, ५ अर्बको कारोबार

अनलाइनसमय |
२७ असोज २०८२
४४.२५ अङ्कले बढ्यो नेप्से, ५ अर्बको कारोबार

काठमाडौं, २७ असोज । सोमबर नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक ४४ दशमलव २५ अङ्कले बढेर दुई हजार ५४७ दशमलव ६ बिन्दुमा कायम भएको हो ।

आज ९९ लाख ४ हजार ८७४ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ९७ करोड ५४ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन आइतबार ६ अर्ब ७० करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज २०० धितोपत्रको शेयर मूल्य बढ्दा ४४ को घटेको छ । यस्तै ८ धितोपत्रको भने स्थिर रहेको छ । यसदिन कुल ३३० धितोपत्र कारोबारमा आएका छन् ।

सोमबार सबै समूहको उपसूचक बढेको छ । यसदिन अन्य समूहको उपसूचक सर्वाधिक ५ दशमलव ०१ प्रतिशतले बढेको छ ।

यस्तै होटेल तथा पर्यटन ३ दशमलव ३५, व्यापार २ दशमलव ८१, लगानी २ दशमलव २७, हाइड्रोपावर २ दशमलव १, जीवन बीमा १ दशमलव ९२, उत्पादन तथा प्रशोधन १ दशमलव ५६, निर्जीवन बीमा १ दशमलव ४४, विकास बैंक १ दशमलव ४१, फाइनान्स १ दशमलव ०२, माइक्रोफाइनान्स शून्य दशमलव ६३, म्युचुअल फण्ड शून्य दशमलव ३२ र बैंकिङ समुहको उपसूचक शून्य दशमलव २८ प्रतिशतले बढेको छ ।

आज तीन कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा नेपाल रिइन्सुरेन्स, क्रेष्ट माइक्रो लाइफ इन्सुरेन्स र नेपाल माइक्रो इन्सुरेन्स रहेका छन् । यस्तै इमर्जिङ नेपाल ९ दशमलव ९२ र एनआरएन इन्फास्ट्रकचर एण्ड डेभलपमेन्टको शेयर मूल्य ९ दशमलव ८२ प्रतिशतले बढेको छ ।

यसैगरी कर्पोरेट डेभलपमेन्ट बैंक ५ दशमलव २६, थ्री स्टार हाइड्रोपावर ४ दशमलव ४५, हिमालयन एभरेष्ट इन्सुरेन्स प्रमोटर ३ दशमलव ९९, सिटिजन्स म्युचुअल फण्ड ३ दशमलव ८२ र समता घरेलु लघुवित्तको शेयर मूल्य ३ दशमलव ५३ प्रतिशतले ह्रास आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस