काठमाडौं, २८ असोज । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार कोशी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
यसैगरी आज राती देशभर मौसम मुख्यतया सफा रहने छ ।