काठमाडौं, २८ असोज । सानिमा बैंकले ३ लाख ३९ हजार ४८४ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ ।
बैंकले प्रतिकित्ता न्यूनतम १४५ रुपैयाँमा बैंकका संस्थापक शेयरधनी, सर्वसाधारण व्यक्ति, कम्पनी, संघसंस्थालगायत सबैले किन्न पाउने गरी उक्त शेयर बिक्रीमा राखेको हो ।
बैंकले यसअघि सो शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीका लागि बिक्री खुला गरेकोमा आवेदन नपरेपछि सबैले किन्न पाउने गरी पुनः बिक्रीमा राखेको जनाएको छ ।
इच्छुक लगानीकर्ताले आगामी १५ दिनभित्र नक्सालस्थित बैंकको केन्द्रीय कार्यालयमा आवश्यक कागजातसहित आफूले चाहेको सेयर संख्या र मूल्यसमेत खुलाएर आवेदन दिनुपर्नेछ । कम्तीमा ५० हजार कित्ताका लागि आवेदन दिनुपर्ने बैंकको सूचनामा उल्लेख छ।