काठमाडौं, २८ असोज । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १९ दशमलव ४३ अङ्कले घटेको छ । यो ह्राससँगै परिसूचक २ हजार ५ सय २८ दशमलव १६ को बिन्दुमा बन्द भएको छ । सोमबार परिसूचक ४४ दशमलव २५ अङ्कले बढेर २,५४७ को बिन्दुमा कायम थियो ।
आज परिसूचक घटेसँगै कारोबार रकम पनि घटेको छ । सोमबार ४ अर्ब ९७ करोड रुपैयाँ बराबरको कारोबार हुँदा आज ३ अर्ब ३६ करोड ६१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यस दिन ७४ लाख ८८ हजार २७३ कित्ता शेयर ३८ हजार ८२७ पटक किनबेच भएको छ ।
मंगलबार ३१७ धितोपत्र कारोबारमा आए, जसमध्ये २१४ धितोपत्रको मूल्य घटेको छ । त्यस्तै ३३ धितोपत्रको मूल्य बढेको छ भन ५ वटा धितोपत्रको मूल्य स्थिर छ ।
आज कारोबार भएका १३ समूहको उपसूचकमध्ये १० वटा समूहको उपसूचक घट्दा ३ समूहको उपसूचक बढेको छ । यस दिन विकास हाइड्रोपावर समूहको उपसूचक सबैभन्दा धेरै १.७१ प्रतिशतले घटेको छ । त्यस्तै, फाइनान्सको १.४०, लगानी समूहको १.१६, होटल एण्ड टुरिजमको १.११, निर्जिवन बीमाको १.१०, विकास बैंकको १, उत्पादन मुलक समूह र जीवन बीमाको समान ०.९८, बैंकिङको ०.८२ र माइक्रोफाइनान्स समूहको ०.७९ प्रतिशतले घटेको छ ।
आज व्यापार समूहको उपसूचक १.४८ प्रतिशतले बढेको छ भने अन्य समूहको ०.७९ र म्युचुअल फण्डको ०.०६ प्रतिशतले बढेको छ ।
मंगलबार शुभम् पावर र ग्रामीण विकास बैंकको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको ५.८६, विन्ध्यबासिनी हाइड्रोपावरको ५.३१, सुपरमाइ हाइड्रोपावरको ४.८४ र नेपाल माइक्रो इन्स्योरेन्सको ४.१४ प्रतिशतले शेयर मूल्य बढेको छ ।
त्यस्तै, समाज लघुवित्तको शेर मूल्य नकारात्मक सर्किट लागेको छ । सामुदायिक लघुवित्तको ७.५४, माइखोला हाइड्रोपावरको ६.७२, एसियन हाइड्रोपावरको ६.१८ र भूगोल इनर्जीको ५.१३ प्रतिशत शेयर मूल्य घटेको छ ।
आज धेरै कारोबार हुने कम्पनीमा नेपाल पुनर्बीमा, हिमालयन रिइनस्योरेन्स, सीईडीबी होल्डिङ्स, युनियन हाइड्रोपावर र शिवम् सिमेन्ट क्रमशः अगाडि छन् ।