काठमाडौं, २९ असोज । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र लिफ प्लस प्रा.लि.बीच विशेष छुट सुविधा सम्बन्धी सम्झौता भएको छ ।
सम्झौताअनुसार बैंकमा कार्यरत कर्मचारी र बैंकमा खाता भएको ग्राहकहरूले काठमाडौंको शंखमुल स्थित लिफ प्लस प्रा. लि. ले उत्पादन र बिक्री गरेको पर्यावरणमैत्री प्राकृतिक सुपारीको पातबाट निर्मित घरायसी सामानका वस्तुहरु जस्तै प्लेट, कचौरा, थाल, चम्चा लगायतका वस्तुहरू खरिद गर्दा छुट पाउनेछन् ।
कम्पनीको वेभसाइट (www.leafplusnepal.com) र ह्वाटसेब नम्बरं.९८०१८७०२०८ वा ९८०२३४४१७८ मार्पmत खरिद गर्दा लाग्ने शुल्कमा नेपाल बैंकको मोबाईल बैंकिङ एपबाट रकम भूक्तानी गर्दा बिल रकममा २० प्रतिशतसम्म छुट हुने व्यवस्था गरिएको छ ।
उक्त सम्झौता पत्रमा सेमबार बैकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत श्री प्रकाश कुमार अधिकारी र लिफ प्लस प्रा. लि.को तर्फबाट प्रमुख कार्यकारी अधिकृत कोबित सिंह बानियाले हस्ताक्षर गरेका हुन् ।