२२.५८ अङ्कले घट्यो नेप्से, ३ अर्बको कारोबार

अनलाइनसमय |
२९ असोज २०८२
२२.५८ अङ्कले घट्यो नेप्से, ३ अर्बको कारोबार

काठमाडौं, २९ असोज । बुधबर नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक २२ दशमलव ५८ अङ्कले घटेर दुई हजार ५०५ दशमलव ५८ बिन्दुमा कायम भएको हो ।

आज ७६ लाख ११ हजार ६६० कित्ता शेयर किनबेच हुँदा ३ अर्ब १० करोड १८ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन मंगलबार ३ अर्ब ३६ करोड ६१ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज ४० धितोपत्रको शेयर मूल्य बढ्दा २०६ को घटेको छ । यस्तै ५ धितोपत्रको भने स्थिर रहेको छ । यसदिन कुल ३१८ धितोपत्र कारोबारमा आएका छन् ।

बुधबार १३ समूहको उपसूचकमध्ये म्युचुअल फण्ड शून्य दशमलव २४ प्रतिशतले बढ्दा बाँकी १२ उपसूचक मात्र घटेको छ ।

यस्तै व्यापार २ दशमलव ०९, अन्य १ दशमलव २२, हाइड्रोपावर १ दशमलव १८, विकास बैंक १ दशमलव १४, होटेल तथा पर्यटन १ दशमलव ६, फाइनान्स १ दशमलव १, लगानी शून्य दशमलव ९८, जीवन बीमा शून्य दशमलव ७५, निर्जीवन बीमा शून्य दशमलव ६५, माइक्रोफाइनान्स शून्य दशमलव ५६, बैंकिङ शून्य दशमलव ५४ र उत्पादन तथा प्रशोधन समुहको उपसूचक शून्य दशमलव ३९ प्रतिशतले घटेको छ ।

आज समता घरेलु लघुवित्त ६ दशमलव ९३, एनआईसी एशिया ब्यालेन्स फण्ड ५ दशमलव २३, क्रेष्ट माइक्रो लाइफ इन्सुरेन्स ३ दशमलव ६२, मात्रृभूमि लघुवित्त ३ दशमलव १३ र ग्लोबल आईमी ब्यालेन्सको शेयर मूल्य ३ दशमलव ०६ प्रतिशतले बढेको छ ।

यसैगरी आज दुई कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा बिन्ध्याबासिनी हाइड्रोपावर डेभलपमेन्ट र समाज लघुवित्त रहेका छन् । यस्तै मनकामना इनर्जिङ हाइड्रोपावर ५ दशमलव ८७, पञ्चकन्या माइ हाइड्रोपावर ५ दशमलव ७५ र ग्रिन डेभलपमेन्ट बैंकको शेयर मूल्य ५ दशमलव ०२ प्रतिशतले ह्रास आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस