काठमाडौं, ३० असोज । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) घटेको छ । आज नेप्से परिसूचक १८ दशमलव ४० अङ्कले घटेर दुई हजार ४८७ दशमलव १७ बिन्दुमा कायम भएको हो ।
आज ७६ लाख ४३ हजार ६३५ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब २७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन बुधबार ३ अर्ब १० करोड १८ लाख रुपैयाँको कारोबार भएको थियो ।
बिहीबार १३ समूहको उपसूचकमध्ये ११ वटाको घट्दा २ उपसूचक मात्र बढेको छ । म्युचुअल फण्ड शून्य दशमलव २१ र बैंकिङ समूहको उपसूचक शून्य दशमलव ०२ प्रतिशतले बढेको छ ।
यसदिन अन्य २ दशमलव २१, फाइनान्स १ दशमलव २८, विकास बैंक १ दशमलव १५, हाइड्रोपावर १ दशमलव ०३, जीवन बीमा शून्य दशमलव ८९, उत्पादन तथा प्रशोधन र माइक्रोफाइनान्स शून्य दशमलव ७३, निर्जीवन बीमा शून्य दशमलव ५३, होटेल तथा पर्यटन शून्य दशमलव ५२, लगानी शून्य दशमलव ४९ र व्यापार समूहको उपसूचक शून्य दशमलव ३९ प्रतिशत घटेको छ ।
आज हिमालयन पावर ९ दशमलव ९३, कालिका लघुवित्त ५ दशमलव ६९, सगरमाथा लुम्बिनी इन्सोरेन्स ३ दशमलव ७९ र एमबीएल इक्यूटि फण्डको शेयर मूल्य २ दशमलव ७२ प्रतिशतले बढेको छ ।
यसैगरी समाज लघुवित्तको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । यस्तै यूनिक नेपाल लघुवित्त ७ दशमलव ३३, समता घरेलु लघुवित्त ६ दशमलव २५, नेपाल रिइन्सोरेन्स ५ दशमलव ७५ र अपर स्याङ्जा हाइड्रोपावरको शेयर मूल्य ४ दशमलव ८७ प्रतिशतले ह्रास आएको छ ।