काठमाडौं, ३१ असोज । नेपाली बजारमा आज एकैदिन सुन तोलामा ७ हजार एक सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला २ लाख ५८ हजार रुपैयाँ पुगेको छ, यो मूल्य हालसम्मकै उच्च हो । अघिल्लो कारोबार दिन बिहिबार सुन प्रतितोला २ लाख ५० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । बिहिबार प्रतितोला ३ हजार २७५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार ३५० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।