काठमाडौं, ३१ असोज । हालैको बाढी पहिरोबाट भएको क्षतिमा ३ अर्ब २६ करोड रुपैयाँ बराबरको बीमा दाबी परेको छ । असोज १८ गतेयताको अविरल बर्षा तथा बाढी पहिरोका कारण भएका भौतिक तथा अन्य क्षतिमा हालसम्म ३ अर्ब २६ करोड ७६ लाख बराबरको दाबी परेको बीमा प्राधिकरणले जनाएको छ ।
विभिन्न १३ वटा निर्जीवन बीमा कम्पनी र २ वटा लघु निर्जीवन बीमा कम्पनीमा परेका कूल ७०४ वटा बीमा दाबीको करिव ३ अर्ब २६ करोड ७६ लाख दाबी परेको जानकारी निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त भएको प्राधिकरणले जनाएको छ ।
कुन बीमालेखमा कति ?
