दुई महिनामा वाणिज्य बैंकको खुद नाफा साढे १६ अर्ब, हिमालयनको सर्वाधिक घट्यो

अनलाइनसमय |
२ कार्तिक २०८२
दुई महिनामा वाणिज्य बैंकको खुद नाफा साढे १६ अर्ब, हिमालयनको सर्वाधिक घट्यो

काठमाडौं, २ कात्तिक । चालू आर्थिक वर्ष (आव)को दुई महिना (साउन र भदौ)मा वाणिज्य बैंकहरूको खुद नाफा घटेको छ । पछिल्लो तथ्याङ्क अनुसार २० ओटा वाणिज्य बैंकहरूको खुद नाफा ६ प्रतिशतले घटेको हो ।

नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार गत आव २०८१-८२ को भदौ मसान्तसम्मको तुलनामा चालू आवको सोही अवधिमा यस्तो बैंकको खुद नाफा ६ दशमलव १७ प्रतिशत घटेकोे देखिन्छ । गत भदौसम्ममा बैंकहरूको खुद नाफा १६ अर्ब ५९ करोड ८७ लाख रुपैयाँ रहेको छ । गत आवको यसै अवधिमा १७ अर्ब ६९ करोड २१ लाख रुपैयाँ आर्जन गरेका थिए ।

हिमालयनको सर्वाधिक घट्यो खुद नाफा
राष्ट्र बैंकको तथ्याङ्क हेर्दा गत आवको दुई महिनाको तुलनामा चालू आवको सोही अवधिमा १० ओटा वाणिज्य बैंकको खुद नाफा बढेको छ भने १० ओटैमा ह्रास (कम नाफा) आएको छ ।

गत भदौसम्ममा हिमालयन बैंकको खुद नाफा सर्वाधिक घटेको छ । सो अवधिमा यस बैंकको नाफा ६८ दशमलव २६ प्रतिशत अर्थात ७९ करोड ७४ लाख रुपैयाँ घटेको तथ्यांक छ । गत आवको भदौसम्ममा १ अर्ब १६ करोड ८१ लाख खुद नाफा आर्जन गरेको यस बैंकले चालू आवको सोही अवधिमा ३७ करोड ७ लाख रुपैयाँमा सीमित रह्यो ।

यस्तै नेपाल एसबिआईले ३५ करोड ४५ लाख, एनआईसी एशियाले ४९ करोड ५१ लाख र स्ट्यान्डर्ड चार्टर्ड बैंकले ५३ करोड २२ लाख रुपैयाँ नाफा गरेका छन् ।

नाफा धेरै कमाउनेमा ग्लोबल
आवको भदौसम्ममा धेरै खुद नाफा गर्नेमा ग्लोबल बैंक रहेको छ । बैंकले १ अर्ब ६२ करोड ८२ लाख रुपैयाँ आर्जन गरेको छ । यद्यपि यो गत आवको यसै अवधिको तुलनामा ३ दशमलव ९६ प्रतिशत बढि हो । यस बैंकले २०८१ को भदौसम्ममा १ अर्ब ५६ करोड ६१ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

यसपछि नबिल बैंकले १ अर्ब ६६ करोड ८ लाख, नेपाल इन्भेष्टमेन्ट मेगाले १ अर्ब २६ करोड ४४ लाख र कुमारी बैंकले १ अर्ब ५ करोड ६८ लाख रुपैयाँ खुद नाफा गरेका छन् ।

६ बैंकको नाफा अर्बमाथि

चालू आवको दुई महिनामा ६ ओटा बैंकले एक अर्बभन्दा धेरै कमाएका छन् । यस अवधिमा ग्लोबल, नबिल, नेपाल इन्भेष्टमेन्ट मेगा, कुमारी, प्राइम कमर्सियल र एनएमबी बैंकले एक अर्बभन्दा बढी नाफा आर्जन गरेका हुन् ।

कुन बैंकको खुद नाफा कति ? (रू. करोडमा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस