काठमाडौं, कात्तिक । यस साताको कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १६ दशमलव ६७ अङ्कले बढेको छ । यो वृद्धिसँगै परिसूचक २ हजार ५ सय ३ दशमलव ८५ को बिन्दुमा बन्द भएको छ । बिहीबार परिसूचक १८ दशमलव ४० अङ्कले घटेर२,४८७ को बिन्दुमा कायम थियो ।
आज परिसूचक बढे पनि कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन बिहीबार ३ अर्ब २७ करोडको कारोबार भएकोमा आज आज घटेर यो रकम २ अर्ब ७९ करोड ११ लाख रुपैयाँमा सीमित छ । यस दिन ६१ लाख ९९ हजार ९२९ कित्ता शेयर २८ हजार ७३७ पटक किनबेच भएको छ ।
आइतबार ३२३ धितोपत्र कारोबारमा आए, जसमध्ये १६३ धितोपत्रको मूल्य बढेको छ । त्यस्तै ७८ धितोपत्रको मूल्य घटेको छ भने ८ वटा धितोपत्रको मूल्य स्थिर छ ।
आज कारोबार भएका १३ समूहको उपसूचकमध्ये १० वटा समूहको उपसूचक घट्दा ३ समूहको उपसूचक बढेको छ । यस दिन अन्य समूहको उपसूचक सबैभन्दा धेरै १.१६ प्रतिशतले बढेको छ । त्यस्तै, उत्पादनमुलक र व्यापार समूहको समान ०.९०, बैंकिङको ०.८७, लगानी समूहको ०.७५, होटल एन्ड टुरिजमको ०.७२, हाइड्रोपावरको ०.७०, फाइनान्सको ०.५१, माइक्रोफाइनान्सको ०.४७ र जीवन बीमा समूहको उपसूचक ०.३३ प्रतिशतले बढेको छ ।
आइतबार आत्मनिर्भर लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, हिमालयन पावर पार्टनरको ९.८९, भगवती हाइड्रोपावरको ९.८८, एसियन हाइड्रोपावरको ७.८० र अभियान लघुवित्तको ६.०१ प्रतिशतले शेयर मूल्य बढेको छ ।
यसैगरी, कालिका लघुवित्तको मूल्य सबैभन्दा धेरै ३.९४ प्रतिशत घटेको छ । नेपाल माइक्रो इन्स्योरेन्सको ३.७०, मुक्तिनाथ विकास बैंकको ३.४२, समता घरेलु लघुवित्तको ३.१५ र सगरमाथा लुम्बिनी इन्स्योरेन्सको २.४९ प्रतिशतले शेयर मूल्य घटेको छ ।