काठमाडौं, ११ कात्तिक । राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले पदबाट राजीनामा दिएका छन् ।
सचिव अर्यालल पारिश्रमिक, सेवा शर्त र सुविधा सम्बन्धी ऐन, २०७५को दफा ६ को खण्ड (क)बमोजिम मंगलबारदेखि लागू हुने गरी राजीनामा दिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
उनले सचिवमा वियुक्त भएको साढे २ वर्षमै राजिनामा दिएका हुन् । सचिवको कार्यकाल ५ वर्षको हुन्छ । तर, ५ वर्ष पूरा नहुँदै ५८ वर्ष उमेर पूरा भएको अवस्थामा पदमा बहाल रहन नपाउने कानुनी व्यवस्था छ । अर्याल २०८० वैशाख तेस्रो साता सचिव नियुक्त भएका थिए ।