काठमाडौं, १२ कात्तिक । श्रीनगर एग्रीटेक इण्डष्ट्रिजको आईपीओ आज बाँडफाँट भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा सो आईपीओ बाँडफाँट भएको हो ।
कम्पनीले गत असोज २६ देखि २९ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले २५ लाख १० हजार ४९३ कित्ता आईपीओ निष्काशन गरेको थियो । उक्त आईपीओमा १८ लाख ९८ हजार ३३३ जनाले २ करोड ५ लाख ६८ हजार २१० कित्ताका लागि आवेदन दिएका थिए, जसमध्ये १८ लाख ६९ हजार ३३० आवेदन स्वीकृत भएको छ भने २६ हजार ६३६ आवेदन रद्द भएको छ ।
मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ । जसअनुसार २ लाख ५१ हजार ४९ जनाले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन् भने ३ जनाले थप एक कित्ता अर्थात ११ कित्ताका दरले शेयर प्राप्त गरेका छन् ।