काठमाडौं, १३ कात्तिक । चालू आर्थिक वर्ष (आव) २०८२/८३ को पहिलो त्रैमासमा सार्वजनिक ऋणको दायित्व ५० अर्ब ६० करोड रुपैयाँ थपिएको छ ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार आवको सुरुमा तिर्न पर्ने बाँकी ऋण २६ खर्ब ७४ अर्ब ४ करोड रुपैयाँ रहेकोमा गत असोज मसान्तसम्ममा बढेर २७ खर्ब २४ अर्ब ६५ करोड रुपैयाँ पुगेको हो । जसमध्ये आन्तरिक ऋण १२ खर्ब ७८ अर्ब ७ करोड अर्थात् ४६ दशमलव ९१ तथा बाह्य ऋण १४ खर्ब ४६ अर्ब ५८ करोड रुपैयाँ अर्थात् ५३ दशमलव ९ प्रतिशत रहेको छ ।
देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को अनुपातमा सार्वजनिक ऋणको हिस्सा ४४ दशमलव ६१ प्रतिशत हो । जसमध्ये आन्तरिक ऋण जीडीपीको २० दशमलव ९३ र बाह्य ऋण २३ दशमलव ६९ प्रतिशत छ ।