तोलामा २७ सयले बढ्यो सुनको मूल्य

अनलाइनसमय |
१४ कार्तिक २०८२
तोलामा २७ सयले बढ्यो सुनको मूल्य

काठमाडौं, १४ कात्तिक । नेपाली बजारमा केही दिन घटिरहेको सुनको मूल्य आज भने बढेको छ । सुनको मूल्य बढेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा २ हजार ७ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला २ लाख ३९ हजार रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन बिहिबार सुन प्रतितोला २ लाख ३६ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । बिहिबार प्रतितोला २ हजार ९८० रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार ६० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस