शेयर बजार अहिले लगानी गर्ने बेला हो ? (अन्तरवार्ता)
अनलाइनसमय |
१५ कार्तिक २०८२
काठमाडौं, १५ कात्तिक । जेनजी आन्दोलनपछि नेपालको पूँजीबजार लगानीकर्ताको मनोबल समेत कमजोर बनेको देखिएको छ । जेनजी आन्दोलनअघि भदौ २२ गते बजार मापक नेप्से परिसूचक २७०० अंकमा रहेकोमा बिहीबार (कात्तिक १३ गते) दुई हजार ६ सय दशमलव ३८ बिन्दुमा कायम छ ।
आन्दोलनपछि नेप्से परिसूचक मात्र होइन, दैनिक कारोबार रकम समेत घटेको छ । यस्तै एक महीना अवधिमा कुल बजार पूँजीकरण ७ प्रतिशतभन्दा धेरैले घटेको छ । देशको तरल राजनीतिक अवस्थाले पूँजीबजारमा प्रत्यक्ष प्रभाव पार्ने गरेको छ । पछिल्लो समय पूँजीबजारमा नयाँ नयाँ लगानीकर्ता थपिँदै गए पनि कारोबारमा भने उत्साह देखिएको छैन ।
तथ्यांकअनुसार ७० लाख लगानीकर्ता भए पनि एक तिहाइ लगानीकर्ता निष्क्रिय रहेको पाइन्छ । लगानीकर्ताको चासो र उपस्थिति बढ्दै गए तापनि बजारको दिगो विकासमा भने अनेकौं चुनौती छन् । संस्थागत लगानीकर्ताको कमी, लगानीका उपकरण तथा विविधीकरणको कमी, साक्षरता तथा चेतनाको कमजोर स्तरदेखि नीतिगत, संरचनागत कारणले पनि बजारले अपेक्षित गति लिन नसकेको हो । यी यावत् समस्या र चुनौतीलाई चिर्दै बजारमा लगानीकर्ताको मनोबल कसरी उकास्न सकिन्छ ? अन्तरराष्ट्रिय असल अभ्यासअनुसार बजारको दिगो विकास र स्थायित्व कसरी सृजना गर्न सकिन्छ त ?
यस बारेमा गत बिहीबार हिमालय टेलिभिजनमा प्रसारण भएको कार्यक्रम वित्तीय शिक्षामा नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालसँग गरिएको कुराकानी यस्तो छ :