तोलामा ७ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

अनलाइनसमय |
१६ कार्तिक २०८२
तोलामा ७ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, १६ कात्तिक । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा ७ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ३९ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन शुक्रबार सुन प्रतितोला २ लाख ३९ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य भने घटेको छ । शुक्रबार प्रतितोला ३ हजार ६० रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार ५५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस