माओवादी र समाजवादीसहितको पार्टी एकता घोषणा कात्तिक २० गते

अनलाइनसमय |
१६ कार्तिक २०८२
माओवादी र समाजवादीसहितको पार्टी एकता घोषणा कात्तिक २० गते

काठमाडौं, १६ कात्तिक । नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीसहितको पार्टी एकता घोषणा यही कात्तिक २० गते हुने भएको छ । आज बिहान बसेको माओवादी केन्द्र सचिवालय बैठकले उक्त निर्णय गरेको हो ।

बैठकपछि पार्टीका प्रवक्ता अग्नीप्रसाद सापकोटाले २० गते एकता प्रक्रियासम्बन्धी संयुक्त बैठक बस्ने जानकारी दिए । त्यसभन्दा अघि कात्तिक १८ गते केन्द्रीय समिति बैठक बस्नेछ । उक्त बैठकमा संगठनात्मक र नीतिगत विषयमा छलफल हुने बताइएको छ ।

सापकोटाका अनुसार माओवादी केन्द्र, माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी, महिन्द्रराय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी, विप्लव नेतृत्वको नेकपाबाट विद्रोह गरेका चिरन पुन (मिलन सी) समूह, प्रेमबहादुर सिंह समूह, राजु कार्की नेतृत्वको नेकपा समाजवादी र सुभाषराज काफ्ले नेतृत्वको जनसमाजवादी पार्टी नेपालबीच एकताको घोषणा हुनेछ ।

एकतापछि नयाँ पार्टीको नाम ‘नेकपा समाजवादी’ राख्ने सहमति भएको छ । यस्तै, राजनीतिक सिद्धान्तबाट माओवाद हटाएर माक्र्सवाद–लेनिनवाद मात्र राखिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस