एनआईसी एशिया बैंकको सीईओमा शाक्य नियुक्त

अनलाइनसमय |
१७ कार्तिक २०८२
एनआईसी एशिया बैंकको सीईओमा शाक्य नियुक्त

काठमाडौं, १७ कात्तिक । एनआईसी एशिया बैंकले नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको छ । बैंकको ७३६औँ सञ्चालक समितिको सोमबार बसेको बैठकले सुजित कुमार शाक्यलाई चार वर्षको कार्यकालका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

शाक्य यसअघि नबिल बैंकमा सिनियर डेपुटी सीईओ तथा कार्यवाहक (कामु) सीईओको जिम्मेवारी सम्हालिसकेका छन् ।

बैंकका अनुसार शाक्यले आगामी ३० दिनभित्र कार्यभार सम्हाल्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस