तोलामा १४ सयले घट्यो सुनको मूल्य

अनलाइनसमय |
१८ कार्तिक २०८२
तोलामा १४ सयले घट्यो सुनको मूल्य

काठमाडौं, १८ कात्तिक । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा १ हजार ४ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ लाख ३८ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन सोमबार सुन प्रतितोला २ लाख ३९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । सोमबार प्रतितोला ३ हजार ६० रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार १५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस