राष्ट्र बैंकमा ११ कार्यकारी निर्देशकको एकैपटक सरुवा, को कहाँ ?

अनलाइनसमय |
१८ कार्तिक २०८२
राष्ट्र बैंकमा ११ कार्यकारी निर्देशकको एकैपटक सरुवा, को कहाँ ?

काठमाडौं, १८ कात्तिक । नेपाल राष्ट्र बैंकले एकैपटक ११ जना कार्यकारी निर्देशकहरूको सरुवा गरेको छ । सोमबार बसेको बैंकको निर्णय अनुसार बुधबारदेखि लागू हुने गरी सरुवा गरिएको हो ।

विदेशी विनिमय व्यवस्थापन विभागका प्रमुख रेवतीप्रसाद नेपाललाई सम्पत्ति तथा सेवा व्यवस्थापन विभागमा स्थानान्तरण गरिएको छ भने किरण पण्डितलाई विदेशी विनिमय व्यवस्थापन विभागको जिम्मेवारी दिइएको छ । पण्डित यसअघि भुक्तानी प्रणाली विभागमा कार्यरत थिए ।

भुक्तानी प्रणाली विभागको जिम्मेवारी अब सत्येन्द्र तिमिल्सिनाले सम्हाल्नेछन् । उनी यसअघि वित्तीय संस्था सुपरिवेक्षण विभागमा कार्यरत थिए । उक्त विभागको नेतृत्व विश्रुत थापाले लिने भएका छन् । थापा मानव संसाधन विभागमा थिए ।

गुरुप्रसाद पौडेल मानव संसाधन विभागका नयाँ प्रमुख बनेका छन् । उनी यसअघि बैंक तथा वित्तीय संस्था नियमन विभागमा कार्यरत थिए । मुद्रा व्यवस्थापन विभागमा कार्यरतमा रामु पौडेलले अब बैंक तथा वित्तीय संस्था नियमन विभाग मा रामु पौडेलले सम्हाल्ने राष्ट्र बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस