कस्तो रहला आज दिनभरको मौसम

अनलाइनसमय |
२० कार्तिक २०८२
कस्तो रहला आज दिनभरको मौसम

काठमाडौं, २० कात्तिक । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ ।

आज राती कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस