बीमा पहुँच बढाउन विशेष कोषको व्यवस्था गरिनुपर्छ (अन्तरवार्ता)
अनलाइनसमय |
२२ कार्तिक २०८२
काठमाडौं, २२ कात्तिक । जोखिम व्यवस्थापनमा बीमा एक महत्वपूर्ण माध्यम हो । विगतका अनुभवहरू हेर्दा व्यक्ति, संस्था वा देशले विभिन्न किसिमका क्षति बेहोर्दै आएको पाइन्छ । जोखिम व्यवस्थापन भनेको त्यस्ता अनिश्चितताबाट हुने क्षतिको आर्थिक असर न्यून गर्ने प्रक्रिया हो, जसमा बीमाको भूमिका सर्वोपरि हुन्छ ।
बीमा आज जोखिम न्यूनीकरणको सबैभन्दा प्रभावकारी माध्यम बनेको छ । तर नेपालमा बढ्दै गएका बीमायोग्य जोखिमले बीमा उद्योगमा पनि दबाब सृजना हुन थालेको छ । किनकि मुलुकले वर्षमै दुई–तीन ओटासम्म ठूला जोखिम खेप्नुपरेको छ । नेपाल जलवायु परिवर्तनबाट सबैभन्दा प्रभावित मुलुक भएकाले यसले बीमा जोखिम पनि बढाएको छ ।
बीमा व्यवसायमा जोखिम बढ्दै गर्दा यसले कम्पनीको पूँजीदेखि आम्दानी, प्रतिफलसम्म असर पार्ने देखिएको छ । बीमा क्षेत्रमा बढ्दो जोखिम र यसले कम्पनीहरूको व्यवसायमा कस्तो असर पार्न सक्छ त ? बीमाको बढ्दो जोखिमलाई बीमा कम्पनीका सञ्चालकहरूले कसरी लिनुभएको छ ? साथै नेपालको अर्थतन्त्रको पछिल्लो अवस्थालाई उद्यमी व्यवसायीले कसरी हेर्नुभएको छ त ?
यस बारेमा गत बिहीबार हिमालय टेलिभिजनमा प्रसारण भएको कार्यक्रम वित्तीय शिक्षामा नेपाल निर्जीवन बीमा व्यवसायी संघका अध्यक्ष तथा नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लसँग गरिएको कुराकानी यस्तो छ :