निर्देशन उल्लंघन गर्ने दुई वाणिज्य बैंक कारबाहीमा

अनलाइनसमय |
२४ कार्तिक २०८२
निर्देशन उल्लंघन गर्ने दुई वाणिज्य बैंक कारबाहीमा

काठमाडौं, २४ कात्तिक । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा नियम उल्लंघन गर्ने दुई वाणिज्य बैंकलाई नेपाल राष्ट्र बैंकले कारबाही गरेको छ । राष्ट्र बैंकको नियमन पालना नगरेका कारण कुमारी र प्राइम कमर्सियल बैंक कारबाहीमा परेका हुन् ।

राष्ट्र बैंकबाट जारी गरिएको एकीकृत निर्देशनमा कालोसूचीमा रहेका व्यक्ति, फर्म, कम्पनी वा संगठित संस्थाले त्यस्तो सूचीबाट फुकुवा नभएसम्म आफ्नो खातामा रकम जम्मा गर्ने बाहेक अन्य कुनै पनि किसिमको बैंकिङ्ग कारोबार गर्न नपाउने व्यवस्था रहेको छ । तर, कुमारी बैंकले राष्ट्र बैंकको सो निर्देशन अनुपालना नगरेकोले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा १ (क) को व्यवस्था बमोजिम कुमारी बैंक लिमिटेडलाई सचेत गराइएको जनाएको छ ।

त्यस्तै निरीक्षणका क्रममा प्राइम कमर्सियल बैंकले राष्ट्र बैंकबाट जारी गरिएको एकीकृत निर्देशन बमोजिम केही कर्जाहरुलाई कर्जाको भाखा नाघेको अवधिको आधारमा वर्गीकरण नगरेको पाइएको छ ।

साथै केही कर्जाहरुलाई कर्जा बक्यौता अवधिको आधारमा कर्जा नोक्सानी व्यवस्था कायम नगरेको र केही कर्जाहरुको जोखिम भार गणना गर्दा यस बैंकबाट जारी क्यापीटल एडुकेशी फ्रेमवर्क २०१५ बमोजिम जोखिम भार गणना गरेको नपाइएपछि प्राइम कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० उपदफा २ को खण्ड (क) बमोजिम सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस