काठमाडौं, २४ कात्तिक । गत आर्थिक वर्ष २०८१/८२ मा बागमती प्रदेशमा कृषि बालीले ढाकेको क्षेत्रफल घटेको छ ।
नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको ‘आर्थिक गतिविधि अध्ययन वार्षिक प्रतिवेदन २०८१/८२’ अनुसार गत आवका बागमतीमा प्रमुख कृषि बाली (खाद्य तथा अन्य बाली, तरकारी एवम् फलफूल तथा मसला) ले ढाकेको क्षेत्रफल ५ दशमलव ८ प्रतिशतले घटेको छ । गत वर्ष यस्तो क्षेत्रफल १ प्रतिशतले बढेको थियो ।
आव २०८१/८२ मा बागमतीमा खाद्य तथा अन्य बालीले ढाकेको कुल क्षेत्रफल ७ दशमलव ५ प्रतिशतले घटेको छ । गत वर्ष यस्तो बालीले ढाकेको क्षेत्रफल १ दशमलव ४ प्रतिशतले बढेको थियो ।
गत आवमा धान बालीले ढाकेको क्षेत्रफल २.९ प्रतिशतले, गहुँ ५.०, कोदो ५.१, मकै ६.६, फापर १६.१ र जौ बालीले ढाकेको क्षेत्रफल २५.६ प्रतिशतले घटेको प्रतिवेदनमा उल्लेख छ । अघिल्लो वर्षमा कोदो बालीले ढाकेको क्षेत्रफल ७.० प्रतिशत र जौ बालीले ढाकेको क्षेत्रफल १४.२ प्रतिशतले बढेको थियो भने धान बालीले ढाकेको क्षेत्रफल १.१ प्रतिशत, मकै ०.२, गहुँ ९.४ र फापर बालीले ढाकेको क्षेत्रफल ८.१ प्रतिशतले घटेको थियो ।
आव २०८१/८२ मा तरकारी तथा वागवानी बालीले ढाकेको क्षेत्रफल ५ दशमलव १ प्रतिशतले बढेको छ । गत वर्ष यस्तो क्षेत्रफल १ दशमलव १ प्रतिशतले बढेको थियो ।
१३ जिल्लामा कृषि उपजले ढाकेको क्षेत्रफल

स्रोत : नेपाल राष्ट्र बैंक
यसैगरी, राष्ट्र बैंकका अनुसार बागमती प्रदेशमा समग्र कृषि बालीको उत्पादन शून्य दशमलव ८ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो उत्पादन ०.६ प्रतिशतले बढेको थियो । गत आवमा समग्र कृषि बालीमध्ये खाद्य तथा अन्य बालीको उत्पादन ६ दशमलव ५ प्रतिशतले घटेको छ । गतवर्ष सो उत्पादन ४.५ प्रतिशतले बढेको थियो ।
कोदो उत्पादन ५.२ प्रतिशतले बढेको छ भने धान उत्पादन १.१, मकै ५.०, फापर ५.१, गहँु १८.५ र जौ उत्पादन ३२.६ प्रतिशतले घटेको राष्ट्र बैंकको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
समीक्षा वर्षमा तरकारी तथा वागवानीको उत्पादन १६.२ प्रतिशतले बढेको छ । गत वर्षको सोही अवधिमा तरकारी तथा वागवानीको उत्पादन ५.५ प्रतिशतले घटेको थियो । समीक्षा वर्षमा कुल कृषि उत्पादनमा तरकारी तथा वागवानी बालीको हिस्सा ३१.५ प्रतिशत रहेको छ । त्यस्तै फलफूलको उत्पादन १.९ प्रतिशतले घटेको छ भने मसलाको उत्पादन ४४.१ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।
बागमतीका कुन जिल्लामा कति भयो कृषि उत्पादन ?

स्रोत : नेपाल राष्ट्र बैंक