काठमाडौं, २५ कात्तिक । नेपाली बजारमा आज एकै दिन सुनको मूल्य तोलामा ४ हजार ९ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ लाख ४१ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन आइतबार सुन तोलामा २ हजार ९ सय रुपैयाँले बढेर २ लाख ४१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन सोमबार प्रतितोला ३ हजार ६५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार १७० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।