बागमतीमा २५ प्रतिशतले घट्यो रियल स्टेट सङ्ख्या

अनलाइनसमय |
२५ कार्तिक २०८२
बागमतीमा २५ प्रतिशतले घट्यो रियल स्टेट सङ्ख्या

काठमाडौं, २५ कात्तिक । बागमती प्रदेशमा घरजग्गा रजिष्ट्रेशन (रियल स्टेट) सङ्ख्या घटेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष (आव) २०८१/८२ मा यस्तो सङ्ख्या २५ प्रतिशतले घटेको हो । अघिल्लो आवमा सो सङ्ख्या १८ दशमलव १० प्रतिशतले घटेको थियो ।

समीक्षा वर्षमा घरजग्गा रजिष्ट्रेशनबापतको राजस्व २३ दशमलव ६ प्रतिशतले घटेर १ खर्ब ३९ अर्ब रुपैयाँ कायम भएको छ । गत वर्षको सोही अवधिमा पनि यस्तो राजस्व २६ दशमलव २३ प्रतिशतले घटेको थियो । समीक्षा वर्षमा घर/भवन नक्सापास सङ्ख्या १ दशमल ७ प्रतिशतले घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस