२०.५६ अङ्कले घट्यो नेप्से, करिब ४ अर्बको कारोबार

अनलाइनसमय |
२६ कार्तिक २०८२
२०.५६ अङ्कले घट्यो नेप्से, करिब ४ अर्बको कारोबार

काठमाडौं, २६ कात्तिक । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक २० दशमलव ५६ अङ्कले घटेर दुई हजार ५४४ दशमलव ५९ बिन्दुमा कायम भएको हो ।

आज ८४ लाख ४ हजार ६१६ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ८४ करोड ८५ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन मंगलबार ३ अर्ब ६२ करोड ६१ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज ४९ धितोपत्रको शेयर मूल्य बढ्दा १९८ को घटेको छ । यस्तै ७ धितोपत्रको भने स्थिर रहेको छ । यसदिन कुल ३२१ धितोपत्र कारोबारमा आएका छन् ।

बुधबार उत्पादन तथा प्रशोधन शून्य दशमलव २३ प्रतिशत बाहेक बाँकी सबै समूहको उपसूचक घटेको छ । यसदिन व्यापार समूहको उपसूचक सर्वाधिक २ दशमलव ३५ प्रतिशतले ह्रास आएको छ ।

यस्तै अन्य १ दशमलव ३, लगानी र जीवन बीमा समान शून्य दशमलव ९९, म्युचुअल फण्ड शून्य दशमलव ८६, माइक्रोफाइनान्स र फाइनान्स समान शून्य दशमलव ७९, बैंकिङ शून्य दशमलव ६७, निर्जीवन बीमा शून्य दशमलव ५४, होटेल तथा पर्यटन शून्य दशमलव १८, हाइड्रोपावर शून्य दशमलव ७, विकास बैंक समुहको उपसूचक शून्य दशमलव ३ प्रतिशतले घटेको छ ।

आज दुई कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा भुगोल इनर्जी डेभलपमेन्ट कम्पनी र सागर डिस्टीलरी रहेका छन् । यस्तै बुङ्गल हाइड्रो ९ दशमलव ९८, बन्दिपुर केबलकार एण्ड टुरिजम ९ दशमलव ९८ र अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको शेयर मूल्य ५ दशमलव ३१ प्रतिशतले बढेको छ ।

यसदिन दरम खोला हाइड्रो इनर्जी ८ दशमलव ७२, माबुलिङ इनर्जी ८ दशमलव २१, मेरो माइक्रोफाइनान्स ४ दशमलव ५७, एचएलआई लार्ज क्याप फण्ड ४ दशमलव ५५ र बिन्ध्याबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर मूल्य ४ दशमलव ३४ प्रतिशतले ह्रास आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस